बाँकेबाट नगद र लागु पदार्थ सहित २ जान पक्राउ

अभिनव गुप्ता, 

नेपालगन्ज : नेपालगन्जमा लागुऔषध सहित दुई जना पक्राउ परेका छन्

जिल्लाको नेपालगन्ज उप महानगरपालिका-११ का ६१ वर्षीय गुन्नु कबडिया र १८ वर्षीय राहुल कबडियालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुधन न्यौपाने अनुसार लागुऔषधको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा वडा प्रहरी कार्यालय नेपालगंज र लागु औषध नियन्त्रण व्युरो नेपालगंजबाट खटिएको प्रहरी टोलीले जिल्ला बाँकेले उनीहरु दुवै जनालाई अन्दाजी ०४:१५ बजेको समयमा नेपालगन्ज उप महानगरपलिका ११ ठटेरियन टोल बाट पक्राउ गरिएको जानकारी दिए ।

उनीहरुको साथबाट २ ग्राम १०० मि.ग्रा.ब्राउन सुगर र श्रोत नखुलेको नगद रु.५ लाख १५ हजार ५ सय बरामद गरिएको र निजहरुको साथमा रहेको २ थान मोवाईल सहित फेला पारी कानून बमोजिम बरामद गरी दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

baanke (1)