जनकपुरमा लिभ फास्टको रामजानकी ट्रेडर्स एण्ड सप्लायर्स मेन डिलर

जनकपुरधाम, श्रावण ११ ।
रामजानकी ट्रेडर्स एण्ड सप्लायर्स÷एसआर ईन्टरनेशनलले ६० महिना सम्म वारेन्टी भएको लिभ फास्ट ब्याट्रीको बिक्रि वितरण सुरु गरेको छ । भारतमा बनेको लिभ फास्ट ब्याट्रीलाई नेपालमा पावर प्वाइन्ट नेपालले वितरण गरेको छ । यो कम्पनीले अटो क्षेत्रमा प्रयोग हुने तीन किसिमका ब्याट्रीहरुको बिक्री वितरण गरिरहेको प्रमुख प्रदिप भट्रराईले जानकारी दिएका छन् ।
जसमा सबै दुई पाङग्रे, चार पाङग्रे र ई–रिक्सालाई उपयोगी हुने ब्याट्रीहरु पर्दछन् । पावर व्वाइन्ट नेपाल लिमिटेडका प्रदिप भट्टराईले दिएको जानकारी अनुसार जनकपुरधाममा सबै खालका इर्नजीको सोलुसन सेन्टर हुनेछ । यसले अटो क्षेत्रमा प्रयोग हुने ब्याट्रीको अतिरिक्त इन्र्भटरको व्याट्रीको पनि वितरण गरिरहेको कम्पनीका सञ्चालक जयप्रकाश सिंह साहले जानकारी दिए । यो कम्पनीले लिभ फास्ट ब्याट्रीको बिक्री वितरण बिगत ४ वर्ष देखी गरिरहेको छ ।
रामजानकी ट्रेडर्सका प्रोपराईटर लालबाबु साहले लिभ फास्टको ब्याट्री ईन्भर्टर, स्टेपलाईजर सहितका सम्पुर्ण सामग्रीहरु सुपथ मुल्यमा पाईने भएको जानकारी दिए । उनले भने, ‘हामी घरदैलो सेवा दिनेछौं, तपाईको घरसम्मै लगेर ईन्भर्टर लगाईदिन्छौं, कुनै समस्या आएका तपाईकै घरमा गएर सामाधाम समेत खोजिदिन्छौं ।’
जनकपुरधाम १ मिल्स एरिया स्थित पहिलो पटक लिभ फास्टको सर्भिस सेन्टर सुरु गरिएको अर्का प्रो. पंकज कुमार साहले जानकारी दिए ।