गृहमन्त्री बालकृष्ण खाँण सप्तरीमा

राजविराज । गृहमन्त्री बालकृष्ण खाँण मधेश प्रदेशको सप्तरी आइपुगेका छन् ।

निर्वाचनको सुरक्षा व्यवस्थाबारे जानकारी लिन उनी आज यहाँ आइपुगेका हुन् ।

निर्वाचन सुरक्षाबारे प्रहरी तालिम केन्द्र राजविराजमा आयोजना हुने गोष्ठीमा मन्त्री खाँण सहभागी हुँदैछन् । गोष्ठीमा सप्तरी, सिरहा र उदयपुरका प्रमुख जिल्ला अधिकारीहरुको सहभागिता रहने छ ।

विराटनगरबाट बिहानै सप्तरी आएका गृहमन्त्री खाँणले छिन्नमस्ता मन्दिरमा पूजाआजा गरेका थिए ।