कांग्रेसका कार्यकर्ताको एमालेमा प्रवेश

महोत्तरी । महोत्तरीको लोहारपट्टी नगरपालिकामा कांग्रेसका सक्रिय युवाहरु नेकपा एमालेमा प्रवेश गरेका छन् ।

लोहारपट्टी नगरपालिका वडा नम्बर १, बगड़ाका नेपाली कांग्रेस सकृय युवा कार्यकर्ता मनोज कुमार यादवको नेतृत्वमा रामबाबु यादव, राम शंकर यादव, उमाशंकर यादव, राम उजियार यादव, दिपक यादव, राम किशोर यादव, ललन यादव, प्रवेश यादवसहितका एमालेमा प्रवेश गरेका छन् ।

५१ जना कांग्रेस कार्यकर्ता एमालेमा प्रवेश गरेको र नव प्रवेशीलाई नेकपा एमाले जिल्ला कमिटी उपाध्यक्ष कमरेड नागेन्द्र चौधरीले खादा र अविर लगाएर स्वागत गरेका थिए ।