
जनकपुरधाम । धनषाको शहिदनगर नगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट मेयर पदमा उम्मेदवारी दिएका सुधीर गोइतले घरदैलो अभियानमा तिब्रता दिएका छन् । आईतवार देखि वडा नम्बर ४ बाट घरदैलो अभियानमा लागेका उनी अहिले दिनहुँ एक वडामा घरदैलो कार्यक्रम भ्याइरहेका छन् ।
‘एउटा वडामा ३ देखि ६ वटा टोलसम्मको एउटा वडा छ । ‘विहानै सबै साथीभाइ एक ठाँउमा जम्मा भइ घरदैलो अभियानमा निस्किने गरेका छौं’ गोइत भन्छन्, ‘अहिले ३ वटा भ्याइसकेका छौं । साथीहरुको सहयोग र समर्थन प्राप्त भएको छ ।’
नगरबासीहरुले नगरपालिकामा कांग्रेसको नेतृत्वको सरकार चाहेको भन्दै उनी यसपालिको नतिजा कांग्रेसको पक्षमा आउने दावी गर्छन् । गत निर्वाचनमा कांग्रेसको मत विभाजन हुँदा कांग्रेसले चुनावमा पराजय भोगेको तर यसपटक स्थिति फेरिएको र सबै कांग्रेसी एक ढिक्का भएको उनको भनाई छ ।
‘शहिदनगर कांग्रेसको गढ हो । कांग्रेसको मत कांग्रेसमै जाँदा अरुले जित्नै सक्दैनन्’ उनको दावी छ ।
विगतका जनप्रतिनिधीले राम्रो काम गर्न नसकेको भन्दै उनले आफू जितेमा समग्र नगरपालिकाको विश्वास गर्ने बताए ।
आफू निर्वाचित भए नगरपालिकालाई स्मार्ट सिटी नभई स्मार्ट टोल बनाउने, यहाँका कृषकको लागि समयमा मलखाद्य र सिचाइको ब्यबस्था गर्ने, युवाहरुलाई स्वदेश जानबाट रोकेर यहीं काममा लगाउने उनले बताए ।
अन्य दलको नेतृत्वको स्थानीय सरकार हेरेको र अब कांग्रेस नेतृत्वको सरकार हेर्न नगरबासीलाई आफूलाई मतदान गर्न उनले आग्रह गरे ।