गठबन्धनको बिरुद्ध कोहिं पनि नलगौं

जनकपुरधाम । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनको विरुद्धमा नलाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

सत्तारुढ गठबन्धनद्वारा शनिबार जनकपुरधाममा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्दै उनले गठबन्धनबिरुद्ध नलाग्न निर्देशन दिए । यसो गरिए सह्य नहुने उनको भनाई छ ।
उनले भने, ‘कुनै पनि हालतमा गठबन्धनको खिलाफमा लाग्नुहुन्न, त्यो सह्य हुँदैन ।’

स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले गठबन्धन गरेका छन् ।

कांग्रेसका सभापतिसमेत रहेका देउवाले गठबन्धनको पक्षमा माहौल बनेको भन्दै पार्टीका कार्यकर्तालाई प्रतिवद्धताका साथ लाग्न आग्रह गरे ।