जनकनन्दनी गाउँपालिकाका अध्यक्षको निधन

जनकपुरधाम । धनुषाको जनकनन्दनी गाउँपालिकाका अध्यक्ष अब्दुल बारिक शेखको शनिबार साँझ ६ बजेतिर आफ्नै घरमा निधन भएको छ ।

उनको ७० बर्षको उमेरमा निधन भएको गाउँपालिकाका निबर्तमान उपाध्यक्ष भारती कार्कीले जानकारी दिइन् ।

अध्यक्ष शेख पछिल्लो चार बर्ष यता फोक्सो क्यान्सरबाट पीडित थिए । शेख नेपाली कांग्रेसबाट २०७४ सालको निर्वाचनमा गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।

अन्य जनप्रतिनिधीले पुनः चुनाव लड्न राजीनामा दिएपनि उनले राजिनामा दिएका थिएनन् ।