
कतार । वैदेशिक रोजगारीका क्रममा कतार गएर समस्यामा फँसेका चार जना नेपालीको उद्धार गरी स्वदेश पठाइएको छ । जनमत पार्टीको अन्तर्राष्ट्रिय संगठन गैर–आवासीय मधेशी संघ कतार शाखाद्वारा उनीहरुको उद्धार गरिएको छ ।
कतारस्थित नेचूरल गिरीन कम्पनीमा समस्यामा परेका उनीहरुलाई शनिबार उद्धार गरी नेपाल पठाइएको संघका राजु यादवले जानकारी दिए ।
उनका अनुसार सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिका ४ का प्रेम कुमार मण्डल, वडा न्म्बर ५ का भोगीलाल दास, सिन्धुलीका धनबहादुर र कपिलवस्तुका बलराम घिमिरेको उद्धार गरिएको छ ।
संघका अध्यक्ष ईन्जिनियर विजय कुमार यादवको अध्यक्षतामा कतारका एरिया कोर्डिनेटर तथा प्रेस जनमत संघका अन्तर्राष्ट्रिय सदस्य विनोद कुमार यादव, केन्द्रिय सहकोषाध्यक्ष नन्द कुमार ठाकुर, केन्द्रिय सदस्य ईन्जिनियर प्रमोद कुमार ठाकुर, क्षेत्रिय अध्यक्ष जीत नारायण यादव, कतार उपाध्यक्ष जितेन्द्र कुमार यादव, महासचिव रामसुबन यादव, बलीराम यादब र ग्राण्ड मल टिमका साथी मिलेर उनीहरुको उद्धार गरेका हुन् ।
संघले काम गर्न आउने देशमा त्यहीं देशको नियम पालना गर्न, गैरकानुनी काम नगर्न सबैसँग आग्रह गरेको छ ।