हंसपुर ४ मा बलिया उम्मेदबार किशोरी

जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिका वडा नम्बर ४ मा वडाअध्यक्ष पदका उम्मेदबार किशोरी यादव बलिया देखिएका छन् । सधैं जनताको बीचमा रहिरहने उनी आफू जित्नेमा विश्वस्त छन् ।
यादव जनता समाजवादी पार्टी (जसपा) बाट वडाअध्यक्ष पदमा उम्मेदबारी दिएका छन् । उम्मेदबारी दिएका उनले जनताले आफूलाई जिताउनेमा विश्वस्त छन् । ‘म सधैं जनताको बीचमा रहेर काम गरेको मान्छे हुँ । मलाई जनताले पत्याउने गरेका छन्’ उनी भन्छन्, ‘त्यहीं भएर जनताले मलाई जिताउँछन् ।’
आफू जितेमा वडाको भौतिक संरचना सडक व्यवस्थापनका साथै शिक्षा, स्वास्थ्य, कृषि क्षेत्रलाई राम्रो बनाउने उनी बताउँछन् । ‘यो क्षेत्रका सरकारी विद्यालयको अवस्था राम्रो छैन, स्वास्थ्य केन्द्रको अवस्था कहालिलाग्दो छ’ उनी भन्छन्, ‘मैले जितेमा यी सबै समस्याको समाधान गर्छु ।’
यसका निम्ति पालिका, प्रदेश र संघीय सरकारसँग पनि आवश्यक समन्वय गर्ने उनी बताउँछन् ।