कमलामा पुनः बरामद भयो उम्मेदबारले बितरण गर्न खोजेको रक्सी (भिडियोसहित)

जनकपुरधाम । धनुषामा उम्मेदबारले सर्वसाधारणलाई रक्सी बितरण गरेको घट्ना पुनः बाहिरिएको छ ।
जिल्लाको कमला नगरपालिकामा नेकपा एकीकृत समाजवादी पार्टीका उम्मेदबारले जनतालाई बितरण गर्न लग्दै गरेको रक्सी युवाहरुले बरामद गरेका छन् । कमला नगरपालिका वडा नम्बर ४ बाट सोमबार रातिको करिब ७ः३० बजे ज.१च ६४२ नम्बरको गाडीबाट रक्सी बरामद भएको हो ।

यो गाडीमा नेकपा एकीकृत समाजवादी पार्टीबाट कमला नगरपालिका वडा नम्बर ५ को वडाअध्यक्ष पदमा उम्मेदबारी दिएका शिवा पासवान आफ्ना कार्यकर्तासहित जाँदै थिए । त्यहीं क्रममा युवाहरुले रोकेपछि उनको गाडीभरी रक्सी नै रक्सी बोकेको फेला परेको हो ।
युवाले उम्मेदबारको गाडीमा रक्सी फेला पारेपछि वडाअध्यक्ष पदका उम्मेदबार पासवानसहित उनका कार्यकर्ता गाडी छाडेर भागेका छन् । युवाहरुले रक्सी प्रहरीको जिम्मा लगाएका छन् ।

कमला नगरपालिकामै जनता समाजवादी पार्टी (जसपा) का उम्मेदबारले रातिको समयमा स्थानीयलाई रक्सी बितरण गरिरहेको भिडियो सार्वजनिक भएको थियो । जसपाबाट पार्टीका मेयर पदका उम्मेदबार पशुपति यादवको प्रचार प्रसारको व्यानर झुण्डयाइएको ट्याक्टरबाटै युवाहरुलाई रक्सी बितरण गरिएको छ ।

धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले यसबारेमा बुझेर निर्वाचन आयोगलाई जानकारी गराइने बताए ।

हेर्नुहोस् भिडियो !