ग्यास सिलिन्डर बिस्फाेटमा घाइते महिलालाई मलेशिया बाट आर्थिक सहयोग

जनकपुरधाम ।  धनुषामा ग्यास सिलिन्डर विष्फोट भएर घाइते भएकी एक महिलालाई मलेशियाबाट आर्थिक सहयोग प्रदान गरिएको छ ।
गत बैशाख २५ गते आइतबारको दिन धनुषाकाे सबैला नगरपालिका वार्ड न – १० निवासी राज कुमार काफरकी ५० बर्षकि पत्नी खाना पकाउने क्रममा अचानक ग्यास सिलिन्डर बिस्फोट हुँदा घाइते भएकी थिइन् । उनकाे शरिरको विभिन्न अंगहरु जलेको छ ।
बिपन्न परिवार भएको कारणले उपचारको लागि घाइतेका श्रीमान्ले सामाजिक संन्जाल र मिडिया र विभिन्न संघ संस्था मार्फत आर्थिक सयोगका लागि अपील गरेका थिए ।
उक्त अपिललाई निकै ध्यानाकर्षण गर्दै युवा समाजसेवी बिजय कुमार मण्डलकाे नेतृत्वमा मलेसियाको विभिन्न शहरमा कार्यरत सहयोगी मन भाबनाका नेपाली दाजुभाइ लगायत अन्य मुलुक म्यानमार,बंगलादेश, भियतनाम र स्थानीय मलेसियन नागरिकहरुले पनि सहयोग गरेका छन् । उनीहरूकाे सहयोगमा २० हजार ५ सय नगद सहयोग गरिएको बिजय कुमार मण्डलले जानकारी दिए ।
युवाहरु सुलिन्द्र कुमार मण्डल, मुकेश मण्डल, हेम चन्द्र  मण्डल, अमित मण्डल र धिरज कुमार मण्डलसहितकाले बिरामीको निवासमै पुगेर सहयोग रकम हस्तान्तरण गरेका छन ।