स्वतन्त्र उम्मेदवार बलरामको शक्ति प्रदर्शन (फोटो फिचरसहित)

जनकपुरधाम : जनकपुरधामको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका बलराम महतोले मंगलबार शक्ति प्रदर्शन गरेका छन् ।

चुनावी प्रचार प्रसारको अन्तिम दिन हजारौंको सहभागितामा महतोले शक्ति प्रदर्शन गरेका हुन् ।

आफ्ना समर्थक सहित उनले जनकपुरधाम नगर परिक्रमा गरेका छन् ।

उम्मेदवार महताेले आफूले जनकपुरधामवासीलाई निस्वार्थ भावमा काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

उनले आफूले निर्माण व्यवसायीको रुपमा गरेका कामहरुमा उपमहानगरले वैमनस्यता देखाएका कारण दुर्दशा भएको भन्दै त्यसलाई सुधार गर्नका लागि आफूलाई चुन्न फेरी अपिल गरे । आफूलाई भौतिक संरचना निर्माण कार्यको अनुभव रहेकाले यस क्षेत्रमा राम्रो काम गर्ने दावी गरे ।