
जनकपुरधाम । नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधीले जनकपुरधाम उपमहानगरपालिकामा कांग्रेसका उम्मेदबारहरुलाई जिताउन मतदातासँग आग्रह गरेका छन् ।
उनले कांग्रेसीलाई जिताउन मतदातासँग आग्रह गरेको एक भिडियो सामाजिक संजालमा आएको छ । भिडियोमा उनले भनेका छन्, ‘उपमेयरको पदमा मात्रै कांग्रेसको उम्मेदबार किशोरी साह छन् । २५ वटै वडामा वडाअध्यक्ष र सदस्यका उम्मेदबार छन् । त्यहाँ कुनै गठबन्धन छैन् । त्यसैले मतदातासँग गाछी छापमा मोहर लगाएर किशोरी साहसहितका नेपाली कांग्रेसका उम्मेदबारलाई विजयी गराउन आग्रह गर्दछु ।’
उपमहानगरपालिकामा सत्तारुढ गठबन्धनको तर्फबाट जसपाका का लालकिशोर साह मेयर पदका उम्मेदबार छन् । नेपाली कांग्रेस पनि सहभागी भएको गठबन्धनका उम्मेदबारको मत नमागिकन निधीले कांग्रेसका उम्मेदबारलाई मत दिएर निर्वाचित गराउन मतदातासँग आग्रह गरेका हुन् ।