जनकपुरधाम । चुनावी प्रचार–प्रसारको अन्तिम दिन मंगलबार दलहरुले जनकपुरधाममा आफ्नो शक्ति प्रदर्शन गरेका छन् । त्यस क्रममा नेकपा एमालेले पनि शक्ति प्रदर्शन गरेको छ ।
एमालेका मेयरका उम्मेदबार शिबशंकर साह ‘हिरा’ को अगुवाईमा शक्ति प्रदर्शन गरिएको हो । अन्तिम दिनको ¥यालीसहितको चुनावी प्रचार प्रसारमा उल्लेख्य संख्यामा जनताले सहभागिता जनाएका छन् ।
शक्ति प्रदर्शनपछि कुरा गर्दै उम्मेदबार साहले आफूहरुको जीत सुनिश्चित रहेको बताए । उनले आजको सहभागिताले यहाँका जनताले आफूलाई जिताउन लागेको सन्देश गएको बताए ।