लोसपाको विशाल शक्ति प्रदर्शन

जनकपुरधाम । हजारौंको सहभागितामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) द्वारा मंगलबार जनकपुरधाममा शक्ति प्रदर्शन गरिएको छ ।

प्रचार प्रसारको अन्तिम दिन अन्य पार्टी र उम्मेदबार झैं लोसपाले पनि शक्ति प्रदर्शन गरेको हो । यो पार्टीबाट मेयर पदमा मनोज चौधरी र उपमेयरमा रिता झाले उम्मेदबारी दिएका छन् । दुबैको अगुवाईमा हजारौं कार्यकर्ताले शक्ति प्रदर्शन गेका छन् ।

शक्ति प्रदर्शन गर्ने क्रममा उम्मेदबार चौधरीले यहाँ साइकल छापले नै जित दोहो¥याउने बताए । उनले जनकपुरधामका जनताले काम गर्ने व्यक्तिलाई अगाडि ल्याउने बताउँदै आफू सधैं जनाको बीचमा रहेर काम गरेको बताए ।