मुश्लिम आयोगका अध्यक्ष अन्सारीले रकम बितरण गरेको भन्दै एमाले कार्यकर्ता पुगेपछि तनाव

जनकपुरधाम । मुश्लिम आयोगका अध्यक्ष समीम अन्सारीले मतदातालाई रिझाउन होटेलको कोठामा रकम बाँडिरहेको भन्दै नेकपा एमालेका कार्यकर्ता कार्यकर्ता पुगेपछि जनकपुरधाममा तनाव उत्पन्न भएको छ ।
आयोगका अध्यक्ष अन्सारी सिताशरण होटेलको एउटा कोठामा बसेर मुश्लिम समुदायका अगुवालाई बोलाएर रकम बितरण गरिरहेको सूचना पाएपछि नेकपा एमालेका कार्यकर्ताहरु त्यहाँ पुगेका थिए । उनीहरुले अन्सारीको व्याग र कोठा सर्च गर्न प्रहरीलाई भन्दा उल्टै प्रहरीले आफूहरुमाथि हातपात गरेको नेकपा एमालेका जनकपुरधाम नगर कमिटि सचिव राजु साहले बताए ।
नेकपा एमालेका कार्यकर्ता पुगेर होटेल नै घेराउ गरेपछि पुगेको प्रहरी टोलीले अन्सारीलाई सुरक्षासहित विमानस्थल पुगाइदिएको छ । उनी विमानबाट काठमाडौंका लागि उडेका छन् ।