तोडफोड र कुटपिटपछि सप्तरीको डाक्नेश्वरीमा मतदान स्थगित

राजविराज । सप्तरीको डाक्नेश्वरी नगरपालिकाको वडा नम्बर २ स्थित हरिरबा जनता मावि मतदान स्थलमा केहि व्यक्तिको समूहले मतपेटिकाहरु तोडफोड गर्दै मतदान अधिकृतलाई कुटपिट गरेपछि मतदात स्थगित भएको छ ।
कुटपिटबाट मतदान अधिकृत बिपिन यादव घाइते भएका छन् । उनलाई उपचारका लागि सदरमुकाम राजविराज पठाइएको छ । २ हजारभन्दा बढी मत खसिसकेको अवस्थामा केहि व्यक्तिले एक्कासी तोडफोड र कर्मचारीमाथि कुटपिट शुरु गरेका थिए । ती व्यक्तिहरुले मतदानस्थलका कागजातहरु समेत च्यातेको निर्वाचन अधिकृत शम्भुनाथ मगरले जानकारी दिए ।