रूपनीमा ५ राउन्ड हवाई फायर

राजविराज । सप्तरीको रूपनी गाउँपालिकामा नेपाली कांग्रेस र जसपाका कार्यकर्ताबीच भएकाे झडपलाई नियन्त्रणमा लिन प्रहरीले ५ राउन्ड हवाई फायर गरेकाे छ ।
गाउँपालिकाकाे वडा नम्बर ५ बसबिट्टीस्थित वडा कार्यालय मतदान केन्द्रमा दुबै पार्टीका कार्यकर्ताबिच झडप भएको हो । झडपलाई नियन्त्रणमा लिन ५ राउन्ड हवाई फायर गरिएको सप्तरी प्रहरीका प्रबक्ता एवं डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए ।
दिउँसो भएको बर्षाका कारण स्थगित भएको मतदान पुनः शुरु भए लगतै दुबै पार्टीका कार्यकर्ताबीच झडप भएकाे हाे । जसपा कार्यकर्ताले अर्काको नाममा मत खसाएको भन्दै कांग्रेस कार्यकर्ताले बिरोध जनाएपछि दुबै पक्षबीच झडप भएकाे हाे ।