
जनकपुरधाम । धनुषामा नेकपा एकीकृत समाजवादीले खाता खोलेको छ ।
जनकनन्दनी गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा उक्त पार्टीका सन्तोष कुमार गोइत प्यानलसहित निर्वाचित भएका छन् । गोइतले ४ सय १२ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका देबनाथ मैरता यादवले ३ सय २४ मत ल्याएको निर्वाचन अधिकृत ठूलोबाबु दाहालले जानकारी दिए ।