धनुषाको कमला ९ मा नेजपा विजयी

जनकपुरधाम । धनुषाको कमला नगरपालिका वडा नम्बर ९ मा नेपाल जनता पार्टी (नेजपा) ले विजय हासिल गरेको छ ।
यो पार्टीबाट वडाअध्यक्ष पदमा उम्मेदबारी दिएका रणबीर सिंह मण्डल निर्वाचित भएका छन् । उनी ३ सय ५३ मत ल्याएर निर्वाचित भएका छन् ।
उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका रामराजा मण्डल ३ सय ७ मत ल्याएका छन् ।