
जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा नेकपा एमालेले अग्रता लिएको छ ।
पछिल्लो मत परिणाम अनुसार एमालेका उम्मेदबार सुखदेव यादवले १ हजार १ सय ९६ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार योगेन्द्र पजियारले १ हजार ८८ मत प्राप्त गरेका छन् । पजियार कांग्रेसका जिल्ला अध्यक्ष हुन् ।
यसअघि यहाँको मेयर समेत रहेका पंजियार पछिल्लो समयमा पछि परेका हुन् ।
उपमेयरमा पनि एमालेकी सालिनी चौधरी अघि देखिएकी छन् । १ हजार १ सय १९ मत प्राप्त गर्दा कांग्रेसकी उपमेयरकी उम्मेदवार रचना माथेमाले ९ सय २० मत प्राप्त गरेकी छिन् ।