
सप्तरी । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतको घर भएको सप्तरीको महादेवा गाउँपालिका २ मा उनकै पार्टीले जित हात पारेको छ ।
९ सय ९९ मत ल्याएर जनमत पार्टीका वडाअध्यक्षका उम्मेदबार जागेश्वर इसर निर्वाचित भएका हुन् । उनको प्यानलै जितेको छ ।
उनका निकटतम प्रतिद्धन्द्धी लोसपाका उम्मेदबार अमरलाल मण्डलले ६ सय ९ मत प्राप्त गरेका छन् ।