सर्लाही । प्रदेश सांसद पदबाट राजीनामा दिएर पालिकाको उम्मेदबार बनेका उपेन्द्र प्रसाद कुसवाहा प्रारम्भिक मतगणनामा पछि देखिएका छन् ।
सर्लाहीको गोडैटा नगरपालिका प्रमुखमा उनी कांग्रेसबाट उम्मेदबारी दिएका छन् ।
कुशवाहा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का देबेन्द्र कुमार यादवसँग ७१ मतले पछि छन् ।
यादवले १७ सय ४३ मत ल्याउँदा कुशवाहाले १६ सय ७२ मत पाएका छन् । नेकपा माओवादी केन्द्रका उम्मेदबार अनिता देवीले १३ सय ५२ मत प्राप्त गरेकी छन् ।
प्रदेश सांसद पदबाट राजीनामा दिएर मेयरमा लडेकाको के छ अवस्था ?
© 2025 Rajdhani Janakpur | All Right Reserved | Privacy Policy
Powered by: ProTech