सर्लाही । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोको वडामा कांग्रेसका उम्मेदबार विजयी भएका छन् ।
महतोको घर रहेको बबरगंज गाउँ पर्ने चन्द्रनगर गाउँपालिका वडा नम्बर २ को वडाध्यक्षमा कांग्रेसका शम्भु प्रसाद साह निर्वाचित भएका हुन् ।
६ सय १२ मत सहित शम्भु निर्वाचित हुँदा लोसपाका उम्मेदबार कामेश्वर साहले ५ सय ४४ मत मात्र प्राप्त गरेका छन् ।