धनुषाका ५ स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक, कहाँ को भए निर्वाचित ?

जनकपुरधाम । धनुषाका ५ स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भएको छ । विदेह नगरपालिका, लक्ष्मिनियाँ, औरही, धनौजी र जनकनन्दनी गाउँपालिकाको अन्तिम नतिजा बाहिर आएको हो ।
विदेह नगरपालिकामा नेकपा एमालेले मेयर र उप मेयर दुबै जितेको छ । मेयरमा निबर्तमान मेयर बेचन दास तत्मा र उप मेयरमा आशा देवी झा निर्वाचित भएका छन् ।
दास ४ हजार ४१२ मतसहित निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एकीकृत समाजवादीका राजकिशोर रोहिता ३ हजार ४२६ मत प्राप्त गरेका छन् ।
उपमेयरमा झाले ४ हजार ६५९ मत ल्याएर निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एकीकृत समाजवादीकी सन्जना कुमारी अधिकारीले २ हजार ८२७ मत पाएकी छन् ।
लक्ष्मिनियाँ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुबैमा नेपाली कांग्रेस विजयी भएको छ ।
अध्यक्षमा कांग्रेसका भोगेन्द्र मिश्र र उपाध्यक्षमा फुलकुमारी यादव निर्वाचित भएका छन् ।
मिश्र ३ हजार ७ सय ६५ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी जसपाका उम्मेदबार शत्रुद्यन यादवले ३ हजार ४ सय ९७ मत प्राप्त गरेका छन् ।
उपाध्यक्षमा फुलकुमारी ३ हजार ६ सय २८ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्धन्द्धी जसपाकी बिमला कुमारी यादव ३ हजार ४ सय ६० मत प्राप्त गरेकी छन् ।
औरही गाउँपालिको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदबार निर्वाचित भएका छन् ।
अध्यक्षमा एमालेका उमाशंकर प्रसाद साह र उपाध्यक्षमा पुनम कुमारी साह निर्वाचित भएका छन् ।
अध्यक्षमा साह ३३ सय २६ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका ब्रहमदेव यादवले २९ सय २३ मत ल्याए ।
उपाध्यक्षमा एमालेकै पुनमकुमारी साह २९ सय ४९ मत ल्याएर निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसकी रिंकी कुमारी मण्डल २७ सय ९० मत ल्याएकी छन् ।
धनौजी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुबैमा नेपाली कांग्रेसका उम्मेदबार निर्वाचित भएका छन् ।
अध्यक्षमा कांग्रेसका राजकुमार साह २२ सय ६२ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी लोसपाका उम्मेदबार जिवेन्द्र झा २१ सय ६३ मत ल्याए ।
उपाध्यक्षमा कांग्रेसकै रामवती देवी मण्डल निर्वाचित भएकी छन् । उनी २४ सय ३० मत ल्याएर निर्वाचित हुँदा लोसपाकी उम्मेदबार रंजिता देवी मण्डल १९ सय १ मत ल्याएकी छन् ।
जनकनन्दनी गाउँपालिकाको अध्यक्षमा जसपा र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदबार विजयी भएका छन् ।
अन्तिम मत परिणाम अनुसार जसका उम्मेदबार दिपिन देव यादव ३१ सय ५७ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका सुदेश कुमार चाधरीले २७ सय ७८ मत ल्याएका छन् ।
उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदबार कमला सेहगल निर्वाचित भएकी छन् । सेहगल २९ सय ५८ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्धन्द्धी जसपाकी गीता सुडी २८ सय ४० मत प्राप्त गरेकी छन् ।