निर्वाचनमा धाँधली भएको महासेठको आरोप

जनकपुरधाम । नेकपा एमालेले मधेश प्रदेशमा निर्वाचनमा धाँधली भएको आरोप लगाएका छन् ।
एमालेका प्रदेश इन्चार्ज रघुबीर महासेठले बुधबार जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै धाँधली गरेर नेपाली कांग्रेस सत्ता कब्जा गर्न खोजिरहेको बताएका छन् ।
‘हामी यस्ता लाृेकतन्त्रबिरोधी कुकृत्यको घोर भत्र्सना गर्दै बिरोध गर्दछौं’ पत्रकार सम्मेलनमा बितरित प्रेस बिज्ञप्तीमा भनिएको छ, ‘कांग्रेसको गठबन्धन सरकारले अबिलम्ब यस्ता कृयाकलाप बन्द गर्न र घट्ना भएका ठाउँमा सत्यतथ्य छानबिन गरी अपराधीमाथि कार्वाह ीगर्न र जनमतको कदर गर्न माग गर्दछौं । अन्यथा कड कदम चाल्न बाध्य हुनेछौं ।’
पार्टीका सचिव समेत रहेका महासेठले सिरहाको धनगढीमाई नगरपालिका ३ को बुथमा एमालेले जितेको ठाउँमा पुनः मतगणना गराई २ मतले कांग्रेसलाई जिताएको, महोत्तरीको बर्दिवास ८ को वडाअध्यक्षमा एमालेले जितेको घोषणा गरेको २ घण्टापछि मतदान अधिकृतको मिलोमतोमा माओवादीले जितेको घोषणा गरेको, धनुषाको नगराइन, मिथिला बिहारी, क्षिरेश्वरनाथमा समेत धाँधली भएको महासेठले बिज्ञप्तीमा उल्लेख गरेका छन् ।