धनुषामा कांग्रेसकै जिल्ला सभापति मेयरमा पराजित

 

जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको मेयर पदमा उम्मेदबारी दिएका नेपाली कांग्रेसका जिल्ला अध्यक्ष योगेन्द्र पजियार पराजित भएका छन् ।

यहाँको मेयरमा नेकपा एमाले र उपमेयरमा नेपाली कांग्रेस विजयी भएको छ । मेयरमा एमालेका सुखदेव यादव र उपमेयरमा कांग्रेसकी रचना श्रेष्ठ निर्वाचित भएका छन् ।

मेयरमा निर्वाचित यादवले ७ हजार ९१३ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम् प्रतिद्वन्दी कांग्रेसका योगेन्द्र पजियारले ७ हजार ३०० मत ल्याए । नेपाली कांग्रेसका धनुषाका अध्यक्ष समेत रहेका पजियार क्षिरेश्वरनाथ नगरपालिकाको निवर्तमान मेयर पनि हुन् ।

उपमेयरमा निर्वाचित श्रेष्ठले ७ हजार ५५० मत ल्याउँदा एमालेकी सालिनी चौधरीले ७ हजार ५११ मत ल्याइन् ।