जसपा अध्यक्ष उपेन्द्रलाई झटका नै झटका

 

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) लाई स्थानीय तहको निर्वाचनमा धेरै घाटा सहनुपरेको छ । यस पटक अधिकांस ठाउँमा जसपालाई झटका सहनुपरको छ ।

पार्टी अध्यक्ष उपेन्द्र यादवले उम्मेदबार बनाएका उनका आफ्नै छोरा पराजित भएका छन् । उनका छोरा अमरेन्द्र यादव विराटनगर महानगरपालिकाका उम्मेदबार थिए । उनी सत्तारुढ गठबन्धनबाट उप प्रमुखमा उम्मेदबारी दिएका थिए । तर उनी नेकपा एमालेका उम्मेदबारसँग पराजित भएका छन् ।

जसपाबाटै जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा उम्मेदबार बनेका लालकिशोर साह पनि पराजित हुने निश्चित भएको छ । जारी मतगणनामा उनी चौथो नम्बरमा छन् ।

यति मात्रै होइन्, जसपा अध्यक्ष उपेन्द्र यादवको निर्वाचन क्षेत्र सप्तरीमा जसपाका उम्मेदबार पराजित भएका छन् । सप्तरी क्षेत्र नम्बर २ बाट उनी प्रतिनिधीसभामा निर्वाचित भएका छन् ।

तर यो क्षेत्र अन्तर्गत रहेको राजविराज नगरपालिकाबाहेक महादेवा, तिलाठी कोइलाडी र छिन्नमस्तामा जसपाले हार व्यहोरेको छ ।