
राजविराज । सप्तरीको रुपनी गाउँपालिकाले विजय उत्सव मनाउन भन्दै आज सार्वजनिक बिदा दिएको छ ।
गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष दिनेशकुमार यादवको आदेशमा पालिका क्षेत्रभित्रका सरकारी संस्था, शिक्षण संस्था र स्वास्थ्य संस्थामासमेत बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृतले सूचना जारी गर्दै बताएका छन् ।
प्रमुख प्रशासकीय अधिकृत अरविन्दकुमार चौधरीले जारी गरेको बिदाको सूचनामा ‘विजयी उत्सव मनाउन गाउँपालिकाको नवनिर्वाचित अध्यक्ष दिनेश कुमार यादवको आदेशानुसार जेठ ८ गते सोमबार गाउँपालिका क्षेत्रभित्रका सरकारी कार्यालय, शिक्षण संस्था, संघ संस्था र स्वास्थ्य संस्थाहररूमा सार्वजनिक बिदा दिइएको’ उल्लेख छ ।