जनकपुरधाम । धनुषाका १८ वटै पालिका प्रमुखले एकै पटक पद तथा गोपियताको शपथ लिएका छन् ।
जनकपुरधाममा मंगलबार आयोजित एक समारोहकाबीच सबै पालिका प्रमुखले सामूहिक रुपमै शपथ ग्रहण गरेका हुन् । जिल्लाका १ उपमहानगरपालिका, ११ नगरपालिका र ६ गाउँपालिका प्रमुखले शपथ ग्रहण गरे ।
सबै पालिका प्रमुखलाई मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले शपथ ग्रहण गराएका छन् ।
उक्त समारोहलाई सम्बोधन गर्दै मुख्य निर्वाचन अधिकृत प्याकुरेलले राजनीतिक नेतृत्वभन्दा माथि उठेर सबैलाई समान व्यबहार गर्न पालिका प्रमुखसँग आग्रह गरे ।