स्वतन्त्रबाट निर्वाचित जनकपुरधामका मेयर कांग्रेसको विजयी ¥यालीमा सहभागी

जनकपुरधाम । स्वतन्त्र भएर उम्मेदबारी लड्दै जनकपुरधाम उपमहानगरपालिकाको निर्वाचनमा मेयर पदमा निर्वाचित मनोज साह नेपाली कांग्रेसले निकालेको विजयी ¥यालीमा सहभागी भएका छन् ।

नेपाली कांग्रेसले बुधबार जनकपुरधाममा निकालेको विजयी ¥यालीमा साह अग्रपंक्तिमा देखापरेका छन् । मेयर साह र नेपाली कांग्रेसको टिकटबाट उप मेयरमा निर्वाचित किशोरी साह विजयी ¥यालीको अगाडिमा देखापरेका छन् ।

विजयी ¥यालीमा प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, कांग्रेसका जिल्ला अध्यक्ष योगनारायण पजियारसहितका नेताले समेत सहभागिता जनाएका छन् ।