जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधीका लागि आयोजना गरिएको पदस्थापन कार्यक्रम नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधीले बहिष्कार गरेका छन् ।
पदस्थापन कार्यक्रमका प्रमुख अतिथी नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधीलाई बनाइएपछि आफूहरुले पदस्थापन कार्यक्रम बहिष्कार गरेको एमालेका जनप्रतिनिधीले बताएका छन् ।
एमालेबाट निर्वाचित उपमहानगरपालिकाका ७ वटा वडाका अध्यक्ष र सदस्यहरुले पदस्थापन कार्यक्रम बहिष्कार गरेका हुन् । कुनै दलको एक जना नेतालाई कार्यक्रमको प्रमुख अतिथी राखेकाले आफूहरुले बहिष्कार गरेको उनीहरुले बिज्ञप्ती जारी गरेर बताएका छन् ।
‘प्रदेशका मुख्यमन्त्री, मन्त्री वा नेपाल सरकारका बहालबाला प्रधानमन्त्री, मन्त्री वा सरकारका कुनै तह अनुसारको कर्मचारी भएको भए हामीलाई आपत्ति हुने थिएन्’ बिज्ञप्तीमा भनिएको छ, ‘तर शुरुवातमै यस्तो कदम चालेकोले पदस्थापन कार्यक्रममा भाग लिन असमर्थ भएका छौं ।’
जनकपुरका मेयरको पदस्थापनका प्रमुख अतिथी निधी, एमालेद्वारा बहिष्कार
© 2024 Rajdhani Janakpur | All Right Reserved | Privacy Policy
Powered by: ProTech