जनकपुरधाम । जनकपुरधामको मुटु मानिने रमानन्द चोकबाट दिउँसै एक जनाको मोटरसाइकल चोरी भएको छ ।
धनुषाको कमला नगरपालिका १ बस्ने जितेन्द्र कुमार मण्डलको प्र.–२–०२–००४प ६१५५ नम्बरको २२० सिसिको पल्सर मोटरसाइकल चोरी भएको हो । रमानन्द चोकस्थित नैना अस्पताल नजिक राखेर आफ्नो काममा गएको बखत मोटरसाइकल चोरी भएको उनले बताए । दिउँसो २ बजे नै मोटरसाइकल चोरी भएको उनको भनाई छ ।
मोटरसाइकल चोरी भएको बिषयमा प्रहरीमा जानकारी गराएपनि हालसम्म कुनै किसिमको चासो नलिएको उनको भनाई छ ।
दिउँसै रमानन्द चोकबाट मोटरसाइकल चोरी
© 2025 Rajdhani Janakpur | All Right Reserved | Privacy Policy
Powered by: ProTech