धनुषा र सिरहामा लोसपा शुन्य

जनकपुरधाम, १३ जेठ । धनुषा र सिरहामा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) को चुनाबी परिणाम शुन्य हुदाँ नेता कार्यकर्ताहरु निराश बनेका छन् ।

मधेश प्रदेशको राजधानी जनकपुरधाम समेत पर्ने धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा लोसपाका बरिष्ठ नेता राजेन्द्र महतोले निर्वाचित भएको हो ।

तर पार्टीको बरिष्ठ नेता निर्वाचित भएको धनुषा जिल्लामा लोसपाले एउटा पनि स्थानीय तह जित्न सकेन् । जित्न त परैको कुरो लोसपाका उम्मेदवारहरु धनुषाको धनौजी गाउँपालिका बाहेक कुनै पनि पालिकामा निकटतम प्रतिद्धन्दी सम्म पनि हुन नसकेको चुनाबी परिणामले देखाएको छ ।

धनुषाकोे १८ वटा र सिरहाको १७ वटा पालिका मध्ये लोसपाले एउटा पनि पालिका जित्न नसक्दाँ नेता कार्यकर्ता मात्र होईन्, सर्वसाधारणहरु समेत आश्र्चय चकित छन् ।

मधेश आन्दोलकै पृष्टभूमिबाट जन्मेको तत्कालिन राष्ट्रिय जनता पार्टी अहिलेको लोसपा मधेशकै महत्वपुर्ण दुई वटा जिल्ला धनुषा र सिरहामा नराम्ररी पराजित हुनुले आफुहरु आश्चर्यमा परेको सर्वसाधारणहरु बताउँछन् ।

पार्टी बिभाजनको असर, पार्टीभित्रको अन्तर संघर्ष तथा टिकट बितरणमा भएको किचलो जस्ता कारणले लोसपाले धनुषा र सिरहाका कुनै पालिकामा जित्न नसकेको जनकपुरधाम उपमहानगरपालिका ४ का सुधिर साहले बताउनुभयो ।

“समयमा उपयुक्त उम्मेदवार तय गरी चुनाब जित्ने रणनीतिका साथ पार्टी गएको भए, यस्तो नराम्रो परिणाम आउने थिएन्”, उहाँले भन्नुभयो,‘‘ यसमा लोसपाका नेताहरुबाट धेरै कमी कमजोरीहरु भएका छन्, त्यसको परिणाम स्वरुप सो पार्टीको निराशाजनक परिणाम आएको हो ।”

सर्बसाधारणहरु मात्र होईन्, स्वयंम लोसपाका नेताहरु समेत आफ्नै कमी कमजोरीका कारण चुनाबमा अकल्पनिय परिणाम आएको स्वीकारेका छन् ।

‘‘निर्वाचन हुनुभन्दा अघि सम्म हामी यस्तो नराम्रो परिणाम आउँछ, जस्तो लागेको थिएन्”, लोसपा धनुषाका अध्यक्ष परमेश्वर साहले भन्नुभयो,“ तर अहिले जसरी परिणाम आयो, यो परिणामबाट हामी आश्चर्य परेका छौ ।”

‘‘धेरै नभएपनि धनुषामा ३÷४ वटा स्थानिय तह जित्छौ भने लागेको थियो, तर त्यो हुन सकेकन्” उहाँले अगाडी थप्नुभयो,“ जसपाबाट केही समय अघि मात्रै हामी अलग भयौं, बीचमा पार्टी संगठनलाई जसरी लैजानु पर्ने थियो त्यसरी लैजान सकेनौं, टिकट वितरणमा पनि कमजोरी भयो ।” त्यसैले हाम्रो परिणाम निराशाजनक आएको हो उहाँको भनाई थियो ।

केही समयअघि मात्रै जसपाबाट अलग भएकाले पार्टी संगठनको काम राम्ररी गर्न नसक्नु, पहिला जितेका पार्टीको तर्फबाट जितेका जनप्रतिनिधिहरुले जनअपेक्षा अनुसार काम नसक्नु, जनतामा आफ्नो एजेण्डाहरु पु¥याउन नसक्नु, सत्ता गठबन्धन दलहरुको बलियो गठबन्धन हुनु र चुनाबमा अन्य दलहरुबाट ब्यापक रकम र शक्तिको दुरुपयोग हुनु जस्ता कारणले पनि आफुहरुलाई नसोचेको परिणाम बेहार्नु परेको उहाँको कथन छ ।

अहिलेको चुनाबमा भएको कमि कजोरीहरुबाट पाठ सिकेर अगामी निर्वाचनमा बढी सिट जित्ने गरी तयारीमा जुट्ने अध्यक्ष साहले बताउनुभयो ।

यस्तै पाँच दलिय सत्ता गठबन्धनमा आबद्ध दल नेकपा एकिकृत समाजवादीले पनि धनुषामा खाता खोल्न सकेन् ।

नेकपा एमालेबाट बिभाजन भएर बनेको पार्टीको कमजोर संगठन संरचना, फितलो चुनाबी तयारी र सबै पालिकामा दलिय गठबन्धन हुन नसक्नु जस्ता कारणले धनुषामा पार्टी शुन्यको स्थितिमा पुगेको एकिकृत समाजवादीका नेताहरुले बताएका छन् ।

धनुषामा खाता खोल्न नसकेपनि नेकपा एकिकृत समाजवादी पार्टीले सिरहाको एउटा पालिकाको अध्यक्ष जित्न सफल भएको छ ।
एक उपमहानगरपालिका, ११ नगरपालिका र छ गाउँपालिका गरी कुल १८ पालिका तीन÷तीन र नेकपा माओवादी केन्द्रले एक स्थानीय तह जितेका छन् ।