
जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिका वडा नम्बर ९ का नवनिर्वाचित वडा अध्यक्ष शिव कुमार खेरवार यादले शपथ ग्रहण गर्दै पदस्थापन गरेका छन् ।
आफ्नो पदभार ग्रहण गर्दै वडाअध्यक्ष यादवले वडालाई राम्रो बनाउने बताए । उनले यो वडालाई धनुषा जिल्लाकै नमूना वडा बनाउने र यसमा सहयोग गर्न सम्पूर्ण वडाबासीसँग अनुरोध गरे ।
वडाको विकासका लागि आफू तत्पर रहेको भन्दै उनले शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद र भौतिक निर्माणलाई प्राथमिकतामा राखेर काम गर्ने बताए ।