जुवा मुद्दामा फरार रहेका चौधरी प्रहरीको फन्दामा

 

जनकपुरधाम । जुवा मुद्दामा फरार रहेका एक जना जनकपुरधामबाट पक्राउ परेका छन् ।

अदालतबाट जरिवाना तोकिएपछि फरार रहेका जनकपुरधाम उपमहानगरपालिका १ बस्ने ४१ बर्षीय कैलाश चौधरीलाई पक्राउ गरिएको हो ।

धनुषा जिल्ला अदालतले २०७४ साल साउन ५ गते जुवा मुद्दामा चौधरीलाई रु ५० हजार जरिवाना तोक्ने फैसला गरेको थियो ।

अदालतको फैसलापछि फरार भएका चौधरीलाई जनकपुरधाम १ रेल्वे स्टेशन क्षेत्रबाट पक्राउ गरिएको धनुषा प्रहरीका प्रबक्ता एवं डीएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।