फरार सूचीमा देखिएपछि नवनिर्वाचित वडा सदस्य पक्राउ

 

जनकपुरधाम । धनुषाको शहीदनगर नगरपालिका वडा नम्बर ८ को वडा सदस्यमा निर्वाचित राकेश बिराजी पक्राउ परेका छन् ।

ज्यान मार्ने उद्योग मुद्दामा फरार सूचीमा रहेको पाइएपछि प्रहरीले उनलाई सोमबार नियन्त्रणमा लिएको हो ।

बिराजी नेकपा माओवादी केन्द्रबाट वडा सदस्यमा निर्वाचित भएका छन् ।

कार्यपालिका सदस्य छनौट गर्नका लागि सोमबार मतदान गर्न आएको बखत बिराजीलाई पक्राउ गरिएको धनुषा प्रहरीका प्रबक्ता एवं डीएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

बिराजीलाई नियन्त्रणमा लिई अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।