
जनकपुरधाम । धनुषाको जनकनन्दनी गाउँपालिकाले गरीव, दलित र अल्पसंख्यक जनतालाई स्वास्थ्य समस्या भएपछि अस्पतालसम्म पु¥याउन गाउँपालिकाको एम्बुलेन्समा शत प्रतिशत छुट दिने निर्णय गरेको छ ।
गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष दिपिनदेव यादवले पदभार ग्रहण गरेपछि आफ्नो पहिलो निर्णय नै त्यहीं गरेका छन् ।
उनले सबै वडामा निःशुल्क वाईफाई जडान गर्ने निर्णय पनि गरेका छन् ।
उनले अर्काे निर्णय कृषि सम्बन्धमा गरेका छन् । कृषि पेशामा आबद्ध र एक बिघाभन्दा कम जग्गा रहेका किसानलाई निःशुल्क कृषि मिटर जडान गनरिदिने निर्णय उनले गरेका छन् ।