
सप्तरी । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ स्थित सप्तकोशी नदीमा हाम फालेका एक व्यक्तिको सशस्त्र प्रहरीले उद्धार गरेका छन् ।
बुधबार राति हाम फालेका झापाका ती व्यक्तिको उद्धार गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
झापाको कमल गाउँपालिका ५ निवासी ४१ बर्षीय बुधुन्द्र प्रसाद लिम्बु सप्तकोशी पुलको बीचको नोजबाट हाम फालेका थिए ।
उनलाई तत्कालै सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस भारदहबाट खटिएको सशस्त्र प्रहरीको टोलीले स्थानीको सहयोगमा उद्धार गरेका छन् ।
उद्धार गरी लिम्बुलाई सम्झाई बुझाई घर पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।