जनकपुरधाम । केहि दिनअघि मात्रै जनकपुरधाममा संचालनमा आएको मानव सेवा आश्रमलाई खाद्यान्नसहित बिभिन्न सामग्री प्रदान गरिएको छ ।
जनकपुरधाम उद्योग बाणिज्य संघ र लायन्स क्लव अफ जनकपुरधामले संयुक्त रुपमा आश्रमलाई बिभिन्न सामग्री प्रदान गरेको हो ।
उद्योग बाणिज्य संघ र लायन्स क्लवका पदाधिकारी आश्रममै पुगेर चामल २ सय २५ किलो, दाल ५० किलो, आलु सय किलो, प्याज ५० किलो, नून ५० किलो, स्वाबिन १ बोरा, चिनी ५ किलो, बेसार १ किलो, धनिया र खुर्सानीको धूलो १÷१ किलो, तरकारी पसाला ५ प्याकेट, धारा तेल १० लिटर, चना २५ किलो, लुगा धुने साबुन ३ कार्टुन, नुहाउने साबुन २ दर्जन, चना २५ किलो, च्यूरा २ बोरा, चकलेट २ डिब्बा, चिया १ किलो प्रदान गरेका छन् ।
उनीहरुले आश्रमलाई १० थान थान पंखा समेत उपलब्ध गराएका छन् । गर्मीको समयमा बस्न सजिलो होस् भन्नका लागि जनकपुरधाम उद्योग बाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले जानकारी दिए ।
आश्रमकी प्रमुख रीता पोखरेलले सामग्री हस्तान्तरण गर्नेलाई धन्यवाद दिइन् । अहिले यो आश्रममा २० जना असहायलाई राखिएको छ ।
मानव आश्रमलाई खाद्यान्नसहित बिभिन्न सामग्री सहयोग
© 2025 Rajdhani Janakpur | All Right Reserved | Privacy Policy
Powered by: ProTech