जेसीज गाउँमा निःशुल्क स्वास्थ्य शिबिरको आयोजना

जनकपुरधाम । जनकपुर जेसिजको आयोजनामा गरिएको निःशुल्क स्वास्थ्य शिबिरमा ४ सय ८५ जनाले निःशुल्क स्वास्थ्य सेवा एवम परामर्श लिएका छन ।
जनकपुर जेसिज २०२२ का अध्यक्ष राज कुमार साह (राजु साह) को अध्यक्षता तथा लक्ष्मिनिया गाउँपालिका अध्यक्ष भोगेन्द्र मिश्रको प्रमुख आतिथ्यमा सम्पन्न शिबिर उद्घाटनमा लक्ष्मिनिया गाउपालिका वडा न २ का वडाध्यक्ष लालजी साह, सिनुरजोडा बिलट साह माविका प्रधानाध्यापक शिब कुमार यादवको उपस्थिति रहेको थियो ।
जेसिज गाउ लक्ष्मिनिया गाउपालिकाको वडा न २ मा रहेको बिलट माबि मा आयोजना गरिएको शिबिरमा विभिन्न रोग हरुको बारेमा परामर्श दिइनुका साथै उपचार र औषधि बितरण गरिएको शिबिरको संयोजन गरेका जेसी दिपक गुप्ताले बताए ।
निःशुलक स्वास्थ्य शिबिरमा जेनरल फिजिसियन डा. सन्दिप कुमार कर्ण, हाड तथा नशा रोग बिशेषज्ञ डा. अमित रन्जन मिश्र, प्रशुति रोग बिशेषज्ञ डा. आर्या झा, शिशु रोग बिशेषज्ञ डा. अनिल कुमार साह र दन्त रोग विशेषज्ञ डा मिशा महासेठले परामर्श सहितको स्वाथ्य जाँच गरेका थिए ।