२२ जेठ,जनकपुरधाम । सार्वजनिक विदाका दिन चलाइएका सरकारी सबारीसाधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिन शुरु गरेको छ ।
विदाका दिन पनि सरकारी सबारी चलाएको पायएपछि जनकपुरधाम उपमहानगरपालिकाको बिभिन्न ठाउँबाट नियन्त्रणमा लिएको छ ।
शनिबार र आईतबार गरी १४ वटा सरकारी सबारीसाधनलाई नियन्त्रणमा लिएर राखिएको धनुषा ट्राफिक प्रमुख प्रहरी निरीक्षक चन्द्रभूषण यादवले जानकारी दिए । उनले नियन्त्रणमा लिइएका सबारीसाधनलाई राखिएको र कार्यालय खुल्ने दिन मात्रै दिइने बताए ।
पेट्रोलियम पदार्थको खपत न्यूनिकरण गर्ने उद्देश्यले सरकारले पछिल्लो पटक शनिबार र आईतबार गरी दुई दिन सार्वजनिक विदा दिन थालेको छ ।
तर विदाका दिन पनि सरकारी सबारीसाधन गुडेको पाइएपछि त्यसलाई नियन्त्रणमा लिएर ट्राफिक प्रहरीले थन्काउन थालेको छ ।
‘हामीले नियन्त्रणमा लिएको ठाउँ आसपासमै ती सबारीसाधनलाई होल्ड गरेर राखेका छौं’ उनले भने, ‘कार्यालय खुल्ने दिन मात्रै सम्बन्धित व्यक्तिलाई बोलाएर जिम्मा लगाउँछौं ।’