जनकपुरधाम । विश्व वातावरण दिवसको अवसर पारेर जनकपुर जेसीजद्वारा बृक्षारोपण गरिएको छ ।
जनकपुरधामको सबैभन्दा पुरानो र ऐतिहासिक सरस्वती मावि प्राङणमा बृक्षारोपण गरिएको छ ।
जेसीजका पदाधिकारीहरु आईतबार बिहानै उक्त ठाउँमा पुगी बिभिन्न प्रजातीका गरी एक सय बिरुवा रोपेका छन् ।
जेसीज सदस्य एवं कार्यक्रम संयोजक मनिष मण्डलका अनुसार पिपल, बेल, निम, बयरसहितका प्रजातीका बिरुवा रोपिएको छ ।
जनकपुर जेसीजका अध्यक्ष जेसी राज कुमार साह ‘राजु’ को अध्यक्षतामा भएको कार्यक्रममा जेसीजका पूर्व अध्यक्ष, कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुको उपस्थिति रहेको थियो ।