जनकपुरधाम । जनकपुरधाममा एक सातादेखि हराइरहेका एक जना बालक मृत अवस्थामा फेला परेका छन् ।
६ बर्षीय बालक राँकी बरही जनकपुरधाम उपमहानगरपालिका २२ बसहियास्थित दूधमती नदी छेउमा मृत अवस्थामा फेला परेका हुन् ।
बालकको शव कुहिएको अवस्थामा फेला परेको बताउँदै धनुषा प्रहरीका प्रबक्ता एवं डीएसपी प्रदीप बहादुर क्षेत्रीले बालकको शवलाई पोष्टमार्टमका लागि काठमाडौं लग्ने तयारी भइरहेको जानकारी दिए ।
सर्लाहीको कविलासी नगरपालिका ७ घर भएका घुमन्ते (कडोरिया) समुदायका बालकको परिवार केहि दिन यता जनकपुरधाममा टेन्ट टाँगेर बस्दै आएका थिए ।