अदालतको आदेशपछि गृह प्रवेश गरिन् सिमा

२६ जेठ, राजविराज । आफ्नै घरबाट निकालिएकी २५ बर्षीया सिमा कर्ण सप्तरी जिल्ला अदालतको आदेशले घर प्रवेश गरेकी छिन् ।

सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर ६ महुली निवासी कर्णले अदालतबाट अन्तरिम संरक्षणात्मक आदेश लिएर बुधबार घर प्रवेश गरेकी हुन् ।

पति पंकज कुमार कर्ण र सासू विमला कर्णले सिमालाई  गाली गलौज, कुटपिट , मानसिक यातना दिएर घरबाट निकाला गरादिएपछि न्यायका लागि अदालतको शरणमा पुगेकी थिईन् ।

न्यायाधिश अम्बिका प्रसाद दाहालको इजलासले अन्तरिम संरक्षणात्मक आदेश दिएपछि कर्ण काँखे बालक छोरा संगै घर प्रवेश गरिन् ।

उनका कानुन व्यवसायी मधेश प्रदेश मुख्य न्यायधिवक्ताको कार्यालयका प्रदेश कानुन अधिकृत अधिवक्ता किरण कुमारी साह र स्थानिय जनप्रतिनिधि, सुरक्षाकर्मी, संचारकर्मी, महिला अधिकारकर्मी, माईतीपक्ष र स्थानीय समाजसेवीहरुको रोहबरमा उनलाई घर प्रवेश गराईएको छ ।

घर प्रवेश गरेपछि विगतका कुराहरुलाई बिर्सिएर श्रीमान् र सासुसँग मिलेर बस्ने सिमाले प्रतिक्रिया दिईन् ।