जनकपुरधाम । पूर्वी धनुषाको कमला नगरपालिकाका मेयर (नगर प्रमुख) विशेश्वर यादवले असल किसानलाई बायकट्ट गरी गैर–किसानलाई प्रतिनीधि बनाएका छन् ।
धनुषाको ढल्केवरस्थित रहको सरकारी कृषि उपज बजार व्यवस्थापन समितिको चुनावको लागि धनुषाको १८ वटै स्थानीय तहबाट कृषक नेतृत्व माग गरिएको छ ।
समितिले केन्द्रको पत्राचार अनुसार विभिन्न पालिकाबाट आधुनिक कृषि पेशामा आवद्धता जनाएको, कृषक पेशासमै आवद्ध भएका व्यक्तिहरुमध्येबाट प्रतिनीधि छनौट गरी पठाइदिन पत्राचार गरेपनि कमला नगरपालिकाबाट गैर कृषकलाई सहभागी पठाइएपछि विरोध भएको छ ।
नगर प्रमुख विशेश्वर यादवकै ठाडो आदेशले गैर कृषकलाई सहभागी बनाएर पठाईएको हो । नगरपालिकाका कृषि शाखाका प्रमुख रबिन्द्र यादवले मेयर यादवको आदेशले छनौट गरिएको व्यक्तिहरुलाई हटाउनुपरेको बताए ।
कमला नगरपालिका वडा नम्बर ५ स्थित कमला कृषि फार्मका सँचालक उपेन्द्र ठाकुरको नाम सिफारिस भएको भएपनि मेयर यादवले राजनीतिक हिसाबले सहभागी पठाएपछि असल कृषकहरु असन्तुष्टि जनाएका छन् ।
प्रतिनीधिमा दुई पुरुष र एक महिला प्रतिनीधि पठाउन गरिएको पत्राचार बमोजिम कृषि उब्जनीको व्यवस्थापन, बजार व्यवस्थापन बारे समान्य ज्ञान भएको व्यक्तिलाई छनौट गरिएपनि अन्तिम समयमा ती सहभागीहरुलाई बायकट्ट गरिएपछि असन्तुष्टि जनाएका छन् ।
“हामीलाई विहिबार नै जानकारी गराइयो, रबिन्द्र जीले प्रतिनीधि भएर जानुपर्ने जानकारी गराउनुभयो । म त उम्मेदवारी दिने तर्खरमा पनि थिए । कृषि उपजको बजार व्यवस्थापनमा मलाई ज्ञान पनि छ र सोही अनुसार आफ्नो कृषि फार्मको उपज पनि व्यवस्थापन गर्दै आएको छु । तर, अन्तिम समयमा मलाई हटाएर सो सम्बन्धी खासै ज्ञान नै नभएको व्यक्तिलाई छनौट गरेपछि असन्तुष्टि स्वभाविक हो ।”– कृषक ठाकुरले भने ।
यता, कृषि उपज बजार व्यवस्थापन समितिका शम्भु दासले आफूहरुले असल कृषकमध्येबाट प्रतिनीधि छनौट गरी पठाउन भनिएकोमा यस्तोमा पनि राजनीति गर्नु लज्जास्पद रहेको बताए ।
यसअघि मल खाद्य वितरण गर्ने डिलर छनौट गर्न पनि वडास्तरबाट लाखौँ रुपैयाँ लिएर डिलर छनौट गरेको आरोप यथावत छ ।
यस सन्दर्भमा मेयर यादवले छनौट गरिएको प्रतिनीधिहरु पनि सोही पेशासँग आवद्ध रहेको प्रतिक्रिया दिए । उनले भने, –“उनीहरु पनि कृषक नै हुनुपर्छ
नगरपालिकाकाको ९ वटै वडालाई पायक पर्ने गरी सहभागी छनौट गर्नुपर्नेमा वडा नं. २ बाट दुई जना र वडा नं. १ बाट एक जनालाई प्रतिनीधि बनाएर पठाएको छ । बाँकीका वडाहरुलाई पायक पर्ने गरी प्रतिनीधि भने पठाएनन् । हचुवाकै भरमा प्रतिनीधि पठाउँदा असल किसानले मौका गुमाएको हो ।
ढल्केवरस्थित रहेको समुदायिक कृषि उपज बजार व्यवस्थापन समितिको आज चुनाव हुँदैछ । चुनावकै लागि विभिन्न पालिकाबाट प्रतिनीधि माग गरिएको थियो ।