
जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाले बिभिन्न सात किसिमको सिफारिससहित एम्बुलेन्स सेवा पनि निःशुल्क गर्ने भएको छ ।
नागरिकता, जन्म दर्ता, विवाह दर्ता, मृत्यु दर्ता, बसाई सराई प्रमाण पत्र, घरबाटो सिफारिस र चार किल्ला प्रमाणित सिफारिस निःशुल्क गरिने भएको छ ।
नगर प्रमुख यादवले नगरपालिकाका १० वटै वडालाई पत्राचार गर्दै यी सिफारिस निःशुल्क गर्न भनेका छन् ।
गर्भवती, ज्येष्ठ नागरिक र अपाङता भएकाका लागि धनुषा जिल्लाभित्रका स्वास्थ्य संस्था र अस्पतालसम्म पु¥याउन निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने पनि मेयर सुखदेव यादवले बताएका छन् ।
यी सेवाहरु आजैदेखि लागू हुने उनले बताएका छन् ।