ज्यान मार्ने उद्योग र डाँका मुद्दाका अभियुक्त न्यायिक समितिको सदस्य

सुरेन्द्र यादव जनकपुरधामः धनुषाको एक स्थानीय तहमा ज्यान मार्ने उद्योग र डाँका मुद्दाको अभियुक्तलाई न्ययायिक समितिमा सदस्यको जिम्मेवारी दिएको छ । जिल्लाको शहिदनगर नगरपालिका–८ बाट निर्वाचित वडा सदस्य राकेश विराजीलाई न्यायिक समितिको सदस्यमा राखिएको छ ।
शहिदनगर नगरपालिका–८ धमेन्द्र छिटान यादवले ०७८ कार्तिक ४ गते आफूलाई ज्यान मार्ने उदेश्यले हमला गरी घरमा डाँका दिएर फरार भएको भन्दै जिल्ला प्रहरी कार्यलयमा जाहेरी दिएपछि सदस्य राकेश विराजी पक्राउ परेका थिए । दुई दिन प्रहरी हिरासतमा बसेका सदस्य विराजीलाई जिल्ला अदालतले धरौटीमा रिहा गरेको हो । त्यसयता उनी नगरपालिको बैठकमा उनी भाग लिदै आएको छ ।
बिहिवार बसेको पहिलो कार्यपालिका बैठकले उनलाई न्यायिक समितिमा सदस्यको जिम्मेवारी दिएको छ । अब बस्ने नगरसभाबाट त्यो निर्णयलाई अनुमोदन गर्ने तयारी रहेको मेयर दिनेश प्रसाद यादवले बताए । धरौटीमा रिहा भएको व्यक्तिलाई न्यायपालिकाको जिम्मेवारी दिन मिल्छ भने प्रश्नमा उनले भने,‘ उनीमाथि मुद्दा चलिरहेको छ भने निर्वाचन आयोगले उम्मेदवारी रद्द गर्नु पथ्र्यो । आयोगले गरेन् उनी जनताबाट निर्वाचित भएर आएको छ । न्याययिक समितिमा पनि उपमेयरको संयोजकत्वमा निर्वाचित सदस्य मध्ये दुई जनालाई न्यायिक समितिमा राख्ने भनिएको छ । हमीले वडा–३ बाट निर्वाचित सदस्य प्रदीप यादव र वडा–८ बाट निर्वाचित सदस्य राकेश विराजीलाई राखियो धेरै कुरा जान्दिनँ ।’
‘न्यायिक समितिको संयोजक उपप्रमुखनै रहने कानुनले व्यवस्था गरेको छ । तर समितिमा कसलाई सदस्य राखेको आफूलाई थाहा नभएको उपप्रमुख सुनिता सिंह बताउँछिन् ।’ अगाडी भनिन्,‘ जो आफैं अपराधको अभियुक्त छ । उसले अरुसँग कस्तो न्याय गर्छ ? जनताले के अपेक्षा लिएर न्याय माग्न आयँछ ? अदालतको फैसला नआएसम्म त्यस्ता व्यक्तिलाई राख्नु हुदैन थियो । भोली दोषी ठहरिए भने के गर्ने ? त्यसैले अदालतको फैसला कुर्नु पथ्र्यो ।’
न्यायिक समिति भनेको स्थानीय तहको लागि न्यायपालिका हो । न्यायपालिकामा स्वच्छ व्यक्ति हुनुपर्छ । जो आफै अरापराधीक गतिविधिमा संलग्न छ । उसले कसरी न्याय गर्छ । जनताले कसरी पत्याउने एक अधिवक्ताले भने,‘ अभियोगबाट सफाइ नपाएको व्यक्तिलाई राख्नु गलत हो । यसले न्यायिक समितिको गरिमामा असर पार्छ ।’