जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का सांसद उमाशंकर अरगरियाले लाल आयोगको प्रतिवदेन सार्वजनिक गर्न माग गरेका छन् ।
प्रतिनिधीसभाको शुक्रबार बसेको बैठकको शून्य समयमा बोल्दै सांसद अरगरियाले सरकारले यो प्रतिवेदन सार्वजनिक नगरेर मधेशी र थारु माथि विभेद गरेको बताए ।
मधेश थरुहट आन्दोलनको बेला सरकारले बनाएको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नको लागि सदनमा पटक–पटक आवाज उठाएपनि सरकारले यसतर्फ ध्यान नदिएको पूर्व मन्त्री रहेका उनले बताए ।
यसबारे सभामुखले पनि पटक–पटक रुलिङ गर्दा समेत सरकारले सार्वजनिक नगर्नु मधेशी र थारुमाथिको ठूलो विभेद भएको बताए ।
उनले आफूलाई मधेशीको मसिया भन्ने पार्टीहरू पनि सरकारमा हुँदा समेत प्रतिवदेन नहुनु बिडम्बना भएको बताए ।