संसदमा अरगरियाको प्रश्न-इन्धन एसियामै किन महँगो भयो ?

 

जनकपुरधाम । धनुषा क्षेत्र नम्बर २ का प्रतिनिधीसभा सदस्य उमाशंकर अरगरियाले हाम्रो देशमा इन्धनको मूल्य एसियामै इन्धन किन महँगो भयो ? भनेर प्रश्न गरेका छन् ।

मंगलबार प्रतिनिधीसभामा बोल्दै पूर्व मन्त्री समेत रहेका अरगरियाले हाम्रो देशभन्दा भारतमा ३२ रुपैयाँ कममा पेट्रोल पाइरहेको बताए । उनले के कति कारणले एसियाकै महँगो भयो ? भन्ने प्रश्न गर्दै सरकारसँग जवाफ माग गरे ।

अरगरियाको प्रश्नको उत्तर दिदैं उद्योग, बाणिज्य तथा आपूर्ती मन्त्री द्लिेन्द्र प्रसाद बडूले भारतीय आल कर्पोरशनसँग भएको सम्झौता बमोजिम नेपालले भारतबाटै इन्धन ल्याइरहेको बताए ।

उनले यो समस्याको दिर्घकालिन समस्या समाधानका लागि सरकार र संसद पनि गम्भीर हुनुपर्ने बताए ।